आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दुःखद घटना

पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु

शनिबार, २७ जेठ २०८०, ०६ : ११
शनिबार, २७ जेठ २०८०

जाजरकोट । पौडी खेल्ने क्रममा डुबेर जाजरकोटमा दुई जना बालकको मृत्यु भएको छ। मृत्यु‌ हुनेमा भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका  ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका  ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन्।

उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका  थिए ।‌ सोही क्रममा डुबेर‌ उनीहरूको मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप