आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जीवन के हो ?

शनिबार, २७ जेठ २०८०, ०८ : ०८
शनिबार, २७ जेठ २०८०

उत्सव हो जीवन– रमाऊ
हाँसो हो जीवन– हँसाऊ
दुःख र पीडा के हो र ?
शीतको थोपा झैं बिलाऊ 
गगनभित्र घन्किरहेको
नादको ध्वनिलाई समाऊ
ॐकारको श्रवणमा डुब्दै डुब्दै
जीवनलाई धन्य बनाऊ

पल पलमा सजकता अपनाई
आनन्दित भई जीवन बिताऊ
मस्त भएर जीवनलाई
कर्ममा समाहित गराऊ
जानु नै छ एकदिन
किन कन्जुस्याइँ गर्नु
तिमी नै मेरो प्राण हौ
मेरैमै समाहित भई जाऊ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शालिकराम घले
शालिकराम घले
लेखकबाट थप