आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललितपुरको ३० ठाउँमा नि:शुल्क पार्किङ, तस्बिरहरू
फोटोफिचर

ललितपुरको ३० ठाउँमा नि:शुल्क पार्किङ, तस्बिरहरू

शनिबार, २७ जेठ २०८०

ललितपुर । ललितपुर महानगरपालिकाले जिल्लाका विभिन्न ३० ठाउँमा निःशुल्क पार्किङ सुरु गरेको छ । महानगरका अनुसार १८ फिटभन्दा बढी चौडाइ भएका सडक खण्डमा सडककै एक लाइन पार्किङ गर्न दिइएको छ । ललितपुरको मंगलबजार, हःजा, हौगल, टंगाल, नःटोल, पाटनढोका गेटअगाडि र पछाडि, सुनधारा, पाटन भीमसेन मन्दिरअगाडि, पुल्चोक दमकलअगाडि, जावलाखेल प्रहरी कार्यालयअगाडि, महानगरपालिकाअगाडि, भनिमण्डल, एकान्तकुना खरिबोट, मानभवन, कुमारीपाटी, पाटन अस्पतालअगाडि, कर्मचारी सञ्चय कोषअगाडि नि:शुल्क पार्किङको व्यवस्था छ ।

यसैगरी, महालक्ष्मीस्थान अगाडि, जिल्ला अदालतअगाडि, लगनखेल बसपार्कपूर्व, लगनखेल बसपार्क उत्तरतर्फ, बटुक भैरव, कुपण्डोल, कनिबहाल, एकान्तकुना, सेन्ट मेरिज स्कुल पूर्वतर्फ, करिडोर युएन पार्कनजिकै, सानेपा करिडोर, बल्खु करिडोर, पाटन अस्पताल, भाटभटेनी र सुमेरु अस्पताल, निदान अस्पताल, अल्का अस्पतालको पार्किङमा नि:शुल्क राख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया