आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रातोपाटी डटकमको १०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

शनिबार, २७ जेठ २०८०, १३ : ५९
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । डिस्कवरी न्युज नेटवर्क प्रालिद्वारा सञ्चालित रातोपाटी डटकमको १० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरको बखुण्डोलमा रहेको कार्यालयमा शनिवार गरिएको कार्यक्रममा अध्यक्ष विजया शर्माले रातोपाटीको १० वर्षको यात्रा तय गर्न सहयोग पुर्याउने पाठक, विज्ञापनदाता, पत्रकार, कर्मचारी, शुभचिन्तक लगायतलाई धन्यवाद ज्ञापन गरिन् ।

अध्यक्ष शर्माले ‘सबैको सबैभन्दा राम्रो’ भन्ने रातोपाटीको नारा अनुरुप नेपाली मिडिया जगतमा रातोपाटीले सबै पक्षका समाचारलाई सामान प्राथमिकता दिँदै अघि बढिरहेको उल्लेख गरिन् । 

उनले रातोपाटीलाई अझै विश्वसनीय, पठनीय बनाउन, सबै विषय र क्षेत्रलाई समेट्दै जाने बताउँदै रातोपाटीको आगामी यात्रामा पाठक, विज्ञापनदाता, शुभचिन्तकको निरन्तर सहयोग भइरहने अपेक्षा व्यक्त गरिन् । 

bijaya-sharma

कार्यक्रममा बोल्दै पत्रकार महासंघका महासचिव रोशन पुरीले रातोपाटीले सबै प्रकारका समाचार सामग्री र नागरिकका अन्य आवश्यक विषयवस्तुलाई समेत समेट्दै अघि बढेकोमा धन्यवाद ज्ञापन गरे । 

महासचिव पुरीले भने, ‘पाठकलाई अक्षर, फोटो र भिडियोको माध्यमबाट, इन्टरनेटको पहुँचबाट संसारभर छरिएर रहेका नेपालीहरुमाझ पुर्याएको छ । त्यसैले यो संस्थाको बारेमा जति नै चर्चा गरेपनि कम हुन्छ । छोटो समयमा जसरी यसले आफूलाई स्थापित गरेको छ, आगामी १० वर्षको अवधिमा यसले आफूलाई सबैभन्दा अब्बल हुने विश्वास लिएको छु । नेपाली सञ्चारमाध्यम ग्लोवल दुनियाँमा गइसक्यो, अहिले मिडियामा एआई लगायत जसरी अन्य प्रविधि प्रयोग हुन थालेको छ । नेपाली सञ्चारमाध्यममा यसको प्रयोग कम छ आगामी दिनमा यस संस्थाले विभिन्न प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरको मिडिया बन्न सकोस् भन्ने कामना गर्दछु ।’ 

कार्यक्रममा प्रभू बैंकका सीईओ अशोक शेरचनले नेपालको मिडिया जगतमा रातोपाटीले खेलेको भूमिकाको प्रसंशा गरे ।

देशभित्र मात्र नभई देश बाहिर पनि गुणस्तरीय समाचार सेवा प्रदान गरेको बताउँदै शेरचनले देशका समग्र विषय र पक्षलाई समेटेर रातोपाटीले सह्रानीय काम गरेको उल्लेख गरे । 

उनले रातोपाटीमा गाउँका कुरा, सामान्य जनताका कुरालाई अझै बढी स्थान दिनुपर्नेमा जोड दिँदै उनीहरुको आर्थिक विकासका लागि भूमिका निर्वाह गर्न आग्रह गरे ।

शेरचनले देश संघीयतामा गएसँगै स्तानीय तहसम्म पुगेर, राज्यको तल्लो तहसम्म पुगेर जनताको जीवनस्तर उकास्न प्रभू बैंकले भूमिका खेलिरहेको बताए । उनले मिडिया, बैंक लगायत आफ्नो क्षेत्रबाट जसरी हुन्छ जनतालाई अघि बढाउन काम गर्दै जानुपर्नेमा जोड दिए । 

कार्यक्रममा रातोपाटी डटकमका संस्थापक प्रधानसम्पादक ओम शर्माले रातोपाटी डटकम आजका दिनसम्म आइपुग्न सबैको समुच्च प्रयासको योगदान रहेको बताए ।

उनले रातोपाटीलाई अगाडि बढाउन पत्रकार, कर्मचारीलाई उर्जाशील भएर जिम्मेवारीपूर्वक निरन्तर रुपमा अघि बढ्न आग्रह गरे । शर्माले देशका सम्पूर्ण विषयवस्तुलाई समेट्दै देशलाई समृद्ध बनाउनका लागि रातोपाटी टिम निष्पक्ष, व्यावसायिक र जिम्मेवारीपूर्वक अगाडि बढिरहने प्रष्ट पारे । 

१० वर्षअघि स्थापना भएको रातोपाटी डटकमको ७ प्रदेश संस्करण, केन्द्रीय कार्यालयसहित प्रदेशमा कार्यालय रहेको छ । रातोपाटीको हाल नेपाली र अंग्रेजी संस्करणका साथै मल्टिमिडिया पनि सञ्चालनमा रहेका छन् ।

कार्यक्रममा प्रधान सम्पादक जिवेन्द्र सिम्खडा र प्रभु बैंकका सीईओ शेरचनले संयुक्त रुपमा केक काट्दै कार्यालयमा सहभागीबीच वार्षिकोत्सवको खुसीयाली मनाइएको थियो  ।

ratopati-barsiktsob (5)ratopati-barsiktsob (6)ratopati-barsiktsob (9)ratopati-barsiktsob (10)ratopati-barsiktsob (12)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप