आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोप्य कागजात आफ्नो बाथरुममा राखेको भन्ने आरोपमा के भन्छन् डोनाल्ड ट्रम्प ?

आइतबार, २८ जेठ २०८०, ११ : १७
आइतबार, २८ जेठ २०८०

गोप्य दस्ताबेजलाई आफ्नो बाथरुम र बल रुममा राखेको आरोपमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जवाफ दिएका छन् । 

शनिवार प्रचारका बेला दुई सभालाई सम्बोधन गर्दै उनले एफबीआई र न्याय विभागलाई भ्रष्ट बताउँदै यो सबै चुनावमा दखल दिनका लागि गरिएको बताएका छन् ।

जर्जियामा रिपब्लिकन पार्टीको पहिलो सम्मेलनमा बोल्दै उनले भने, ‘उनीहरुले धोका दिइरहेका छन् । उनीहरू दुष्ट र भ्रष्ट छन् । यी अपराधीलाई इनाम दिन सकिँदैन, उनीहरूलाई पराजित गर्नुपर्छ ।’

ट्रम्पलाई गोप्य दस्ताबेज गलत तरिकाले सम्हालेर राखेको आरोप लागेको छ जसमध्ये केही दस्ताबेज परमाणु हतियार र सैन्य योजनासँग सम्बन्धित छन् । 

उनीमाथि पटक पटक गोप्य कागजात मानिसलाई देखाएको र एजेन्सी अनुसन्धानका लागि आउँदा भ्रमित पारेको आरोप छ । 

ट्रम्पले यसअघि नै सन् २०२४ को अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने घोषणा गरिसकेका छन्, जसका लागि उनले चुनावी सभाहरूलाई सम्बोधन गरिरहेका छन् । उनले भने, ‘म कहिल्यै झुक्ने छैन, म कहिल्यै डराउने छैन ।’

अभियोगमा बोल्दै ट्रम्पले अति संवेदनशील कागजातलाई जासुसी अधिनियमको साटो राष्ट्रपति अभिलेख अधिनियम अन्तर्गत आउनुपर्ने बताए ।

अमेरिकाका राष्ट्रपति अभिलेख अधिनियम अन्तर्गत कार्यकाल पूरा भएपछि ह्वाइट हाउसको रेकर्ड राष्ट्रिय अभिलेखमा राखिन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप