आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्रेजरीमार्फत साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

आइतबार, २८ जेठ २०८०, १६ : ३५
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । सरकारले आगामी मंगलबार ट्रेजरी बिलमार्फत साढे २८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने, ९१ दिने १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरीमार्फत केन्द्रीय बैंकले उक्त ऋण उठाउने भएको हो । 

राष्ट्र बैंकका अनुसार मंगलबार अर्थात् जेठ ३० गते निष्कासन हुने २८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको सोमबार अर्थात् जेठ २९ गते सार्वजनिक बोलकबोल हुनेछ । 

इचछुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरूले सोमबार दिउँसो ३ बजेसम्म ट्रेजरीका लागि आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार कूल ट्रेजरी मध्ये २५ अर्ब रुपैयाँ पुरानै बराबरको पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी रहेको ३ अर्ब ५० करोड रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको हो । 

बैंकका अनुसार कूल निष्कासन बिल मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । 

यसअघि बैंकले जेठ २२ गते ३० अर्ब ८७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप