आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इप्पानको नेतृत्वका लागि कार्की समूहले गर्‍यो उम्मेदवारी घोषणा

सोमबार, २९ जेठ २०८०, १२ : ३८
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को भावी नेतृत्वका लागि गणेश कार्की समूहले आफ्नो प्यानलसहितको उम्मेदवारी घोषणा गरेको छ । सोमबार नागपोखरीस्थित आरण्य बुटिक होटलमा एक कार्यक्रमको आयोजना गर्दै अध्यक्षका उम्मेदवार कार्कीसहित अन्य पदाधिकारीहरूले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

कार्कीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी उम्मेदवार छन् भने पाँच उपाध्यक्षहरूमा आशिष गर्ग, भरत बहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम व्लोन लामाले उम्मेदवारी घोषणा गरेका छन् ।

यस्तै, महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलालले उम्मेदवारी घोषणा गरेका छन् । संस्थाको सचिवका लागि भरत खड्का, विक्रम विष्ट र भरत नेपालले उम्मेदवारी घोषणा गरेका छन् भने कोषाध्यक्षमा नरेन्द्र वल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।

इप्पानको नयाँ नेतृत्वका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ । ३ वर्षे कार्यकाल हुने इप्पानको कूल कार्यसमिति २५ सदस्यीय रहने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप