आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

गौर हत्याकाण्डसम्बन्धी रिटमा आज पनि भएन सुनुवाइ

सोमबार, २९ जेठ २०८०, १४ : १२
सोमबार, २९ जेठ २०८०

काठमाडौं । सर्वोच्च अदालतमा गौर हत्याकाण्ड सम्बन्धी रिट निवेदनमाथि सोमबार पनि सुनुवाइ भएन । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिए पनि ‘बेञ्च बस्न नभ्याएको’ भन्दै सुनुवाइ हुन नसकेको हो । जेठ २१ गते त्रिभुवन साहले जिल्ला प्रहरी कार्यालय रौतहट गौर, जिल्ला सरकारी वकिल कार्यालय रौतहट गौर समेतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

उक्त रिट निवेदनमाथि सुनुवाइका लागि जेठ २२ गते पनि पेसी तोकिएको थियो । तर त्यसदिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । २०६४ चैत २७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप