आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा सुन महँगो भएकोले नेपालमा पनि महसुल वृद्धि : अर्थमन्त्री

सोमबार, २९ जेठ २०८०, १६ : ४२
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल भन्दा भारतमा सुन महँगो भएकाले नेपालबाट भारतर्फ हुने चोरी निकासी रोक्न सुनको भन्सार महसुल वृद्धि गरिएको बताएका छन् । 

बजेटमा उठेका प्रश्नको सोमबार संसद्‍मा जवाफ दिँदै महतले सुनको भन्सार दर विगत देखिनै भारतमा लाग्ने महसुल दर अनुरुप समायोजन गर्ने गरिएकोमा चालु आर्थिक वर्षको बजेटले भारतमा दर वृद्धि गरेको भएतापनि नेपालमा समायोजन नभएको कारण ठूलो भिन्नता रहेको बताए । सोही भिन्नतालाई कम गर्न महसुल समायोजन गरिएको हो ।

भारतमा मूल्यगत आधारमा महसुल लागि सबै कर गरेर १८.९६५ प्रतिशत भएको तर नेपालमा प्रति दश ग्राम ८ हजार ५०० रुपैयाँ मात्र रहेको छ । परिमाणको आधारमा महसुल लाग्ने व्यवस्थाले अन्तर्राष्ट्रिय बजारमा आउने मूल्यको उताब चढावलाई सम्बोधन नगर्ने भएकाले भारतकै हाराहारीमा  मूल्यगत आधारमा महसुल दर १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको महतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप