आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा : कमल थापा

सोमबार, २९ जेठ २०८०, १९ : ५१
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप बढेर गएको भन्दै उनले यथास्थितिबाटै मुलुक अघि बढिरहने हो भने दुर्घटना अवश्यम्भावी भएको जिकिर गरे । 

सोमबार काठमाडौँका अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको बताए । उनले मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा आलोचना गरे । सस्तो लोकप्रियता र तालीको लागि भन्दा मुलुकको समस्याको दिगो समाधान तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा थापाको जोड थियो । 

कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, बागमती प्रदेश इन्चार्ज माधव खत्री ,काठमाडौँ अध्यक्ष श्याम घिमिरे लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप