आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाले गर्‍यो अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन

सोमबार, २९ जेठ २०८०, २० : ०४
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ ।   

शनिबार बसेको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकले   अर्जुन थापालाई उक्त विभागको प्रमुख तोकेको थियो । थापा लामो समयदेखि पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सम्हाल्दै आएका छन् ।   

बैठकले विभागको सचिवमा भरत गुरुङलाई चयन गरेको छ । विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन् । 

जसपाले संगठन विभाग, प्रचार विभाग, आर्थिक विभाग यसअघि गठन गरिसकेको छ  भने अन्य विभागहरु गठन गर्न बाँकी छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप