आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा डुबेर २ जनाको मृत्यु

सोमबार, २९ जेठ २०८०, २१ : १६
सोमबार, २९ जेठ २०८०

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै जनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप