आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने

सोमबार, २९ जेठ २०८०, २१ : ५०
सोमबार, २९ जेठ २०८०

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते बस्ने भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौंडाले सूचना जारी गर्दै प्रदेशसभा बैठक जेठ ३२ गते दिउँसो २ बजे बस्ने जानकारी दिएको हो ।

जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक  ३२ गते बस्ने भएको हो । 

असार १ गते बजेट सार्वजनिक गर्नु पूर्व बस्ने उक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश हुनेछ भने सो आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

सचिव खड्काले जेठ ३१ गते दिउँसो २ बजे कार्यपरामर्श समितिको बैठक बसेर बैठकको कार्यसूची तयार पार्ने बताए । उनका अनुसार प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्ने तयारी गरेको र सोही कार्यव्यवस्था परामर्श समितिको बैठकले बजेट सार्वजनिक गर्ने बारेको कार्य सूची समेत निर्धारण गरे सचिव खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप