आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य परीक्षणका लागि देउवा आज सिंगापुर प्रस्थान गर्दै

मङ्गलबार, ३० जेठ २०८०, ०८ : ५६
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् । नियमित स्वास्थ्य परीक्षणका लागि पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुरका प्रस्थान गर्ने उनका निजी सचिव केशवराज जोशीले बताए ।

 जोशीले रातोपाटीसँग भने, 'उहाँले केही वर्षअघिदेखि सिंगापुरको अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको छ, अहिले पनि फलोअपमा जान लाग्नुभएको हो । पहिले नै जानुपर्ने थियो । व्यस्तताले जान पाउनु भएको थिएन ।'

पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि रहने छिन् । पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका छन्।यसपटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ । यसअघि २०७६  जेष्ठमा  स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर गएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप