आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आदिपुरुषको आक्रामक बुकिङ, प्रदर्शन अघि ४ लाख टिकट बिक्री हुने प्रक्षेपण

मङ्गलबार, ३० जेठ २०८०, ०९ : ४६
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । चलचित्र आदिपुरुष रिलिज हुनुअघि नै चर्चामा रहेको छ । आउने साता ६५०० स्क्रिनमा रिलिज हुन लागेको यो मेगा फिल्मको फ्यानहरू लामो समयदेखि पर्खिरहेका थिए । 

यस्तो अवस्थामा फिल्मको अग्रिम बुकिङ सुरु भएको छ । यो चलचित्रलाई लिएर फ्यानहरूको उत्साह अग्रिम बुकिङबाट मात्रै थाहा पाउन सकिन्छ । बुकिङ खुल्ला भएको मात्र २ दिनमा यस फिल्मको ४५ हजार टिकट बिक्री भएको छ । यो देखेर यो फिल्मले दर्शकको धेरै माया पाउने देखिन्छ ।

आइतबारदेखि आदिपुरुषको अग्रिम बुकिङ सुरु भएको हो । त्यसपछि फ्यानले पनि टिकट किन्न ढिला गरेनन् । बक्स अफिस रिपोर्टका अनुसार यो मेगा फिल्मको पिबिआरवाट २१ हजार ५०० टिकट बिक्री भइसकेको छ भने आइनक्समा यो चलचित्रको १४ हजार ५०० टिकट बिक्री भइसकेको छ भने सिनेपोलिसमा ९ हजार टिकट बिक्री भइसकेको छ । 

यसरी यो फिल्मका लागि सोमबारसम्म जम्मा ४५ हजार टिकट बिक्री भइसकेको छ । जसलाई उत्कृष्ट सुरुवात मानिएको छ । यसैबीच, बिहीबारको अन्त्यसम्ममा ३ लाख ५० हजार देखि ४ लाख टिकट बिक्री हुने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप