आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जलविद्युत उत्पादकहरू चुनावी भिडन्तमा, अध्यक्षका उम्मेदवारको शुल्क एक लाख

मङ्गलबार, ३० जेठ २०८०, ११ : ४७
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)मा आबद्ध जलविद्युत उत्पादकहरू प्यानलसहित चुनावी भिडन्तमा लागेका छन् । यही जेठ ३१ गते हुने चुनावबाट इप्पानले नयाँ नेतृत्व पाउनेछ । यसका लागि व्यवसायीहरू दुई समूहमा लागेर चुनावी मैदानमा उत्रिएका हुन् ।

 चुनावका लागि आज मनोनयन मिति तोकिएको छ । अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ मनोनयन शुल्क तोकिएको छ । यस्तै, वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिन समेत १ लाख रुपैयाँ नै मनोनयन शुल्क तोकिएको छ ।

यस्तै, उपाध्यक्षको मनोनयन शुल्क ९० हजार, महासचिवको मनोनयन शुल्क ६० हजार, उपमहासचिवको मनोनयन शुल्क ५५ हजार र सचिवको मनोनयन शुल्क ५० हजार रुपैयाँ छ । यस्तै, कोषाध्यक्ष पदको मनोनयन शुल्क ५० हजार र सदस्य पदको मनोनयन शुल्क ४० हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ । चुनावमा ४५१ जना जलविद्युत उत्पादकले सहभागिता जनाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप