आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुलो खन्ने क्रममा ढुङ्गाले लागेर मृत्यु

मङ्गलबार, ३० जेठ २०८०, ११ : ५७
मङ्गलबार, ३० जेठ २०८०

मुगु । कुलो खन्ने क्रममा माथिबाट आएको डुङ्गाले लागेर मुगुमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  सोरु गाउँपालिका–९ खनयाका १७ वर्षीय युवराज शाही रहेका छन् । 

उनी सोमबार बिहानै खेतमा पानी लगाउन गएका थिए । कुलो खनिरहेको बेला  पशु चौपायाले माथिबाट ढुङ्गा खसाई ढुङ्गा उनको छातीमा लागेको थियो । 

घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मङ्गलवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप