सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

असीस कौरको भिडियोमा नेपाली अदिति

मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । बलिउडमा संघर्रत नेपाली अभिनेत्री हुन् अदिति बुढाथोकी । ‘कृ’ र ‘बाबरी’ दुई नेपाली फिल्म अभिनय गरेकी उनले भारतमा थुप्रै म्युजिक भिडियो खेलेकी छन् । त्यहाँको फेसन शोको अनुभव पनि छ उनीसँग ।

बलिउड फिल्म अभिनय गर्ने उनको सपना हो । त्यो अहिलेसम्म पनि पुरा भएको छैन । त्यसका लागि उनले बेलाबेलामा म्युजिक भिडियो र वेब सिरिज मार्फत आफूलाई चिनाउने र निखार्ने गर्दै आएकी छन् । अहिले पनि उनी एक हिन्दी वेब सिरिज ‘म्युजिक’ को सुटिङमा छिन् ।

यस्तैमा उनी ‘कृष्ण तेरी हो गई’ बोलको एक हिन्दी गीतमा समेत देखिएकी छन् । जसमा उनी भगवान् कृष्णको भक्तको रुपमा देखिएकी छन् । भिडियोमा राधाको रुपमा समेत उनलाई देखाइएको छ । भगवान् कृष्णको काँधमा शिर राखेर बाँसुरीको धुनमा उनी मन्त्रमुग्ध राधा बनेकी छन् ।

फिल्मी शैलीमा तयार भिडियोमा उनीमा परिवारसँग इंग्ल्यान्डमा बस्ने देखाइएको छ । ‘एक दिन भगवान् कृष्णको बोलावटबाट भारत आउने उनी कृष्णको पूजा–आराधना र ध्यानमा लिप्त हुन्छिन् । त्यही क्रममा अपहरणमा पर्छिन् र भगवान् कृष्ण आएर उद्धार गर्छन्’ भिडियोमा कथा बुनिएको छ ।

भारतकी चर्चित गायिका असीस कौरको स्वर रहेको गीतमा जानीको शब्द, गौरव देव र कार्तिक देवको संगीत छ । भिडियोमा किन्शुक वैद्य भगवान् कृष्णको भूमिकामा छन् । 

अदीतीले गीतको क्लिप्स सामाजिक संजालमा पनि शेयर गरेकी छन् । जसमा उनले भिडियो छायांकनको बेला रमाइलो भएको उल्लेख गरेका छिन् । उनी नेपाली फिल्म ‘बाबरी २’मा देखिन लागेकी छन् । यो उनकै होम प्रोडक्सनमा निर्माण हुन लागेको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया