आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु हुँदैन : मन्त्री साउद

मङ्गलबार, ३० जेठ २०८०, १६ : ३१
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताएका छन् ।  

मंगलबार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले चित्रहरु विलासिताका वस्तु नभई सिर्जनाका कुरा र युगका प्रतिबिम्ब भएको बताए ।   

मन्त्री साउदले युगलाई भावी पुस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताए ।  चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको उनले बताए । 

मन्त्री साउदले चित्र मनका भावहरुको अभिव्यक्ति भएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप