आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इप्पान निर्वाचन : उपमहासचिवमा दुलाल र कोषाध्यक्षमा पन्तसहित ५ जना निर्विरोध

मङ्गलबार, ३० जेठ २०८०, १९ : ०२
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिका लागि सुरु भएको निर्वाचन प्रक्रियामा उपमहासचिवमा प्रकाश कुमार दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तसहित ५ जना निर्विरोध निर्वाचित भएका छन् ।

महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी पनि निर्विरोध निर्वाचित भएका छन् ।

इप्पान निर्वाचनमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २/२ जना, उपाध्यक्षमा ७ जना, सचिवमा ६ जना र खुल्ला सदस्यमा १४ जनाको उम्मेदवारी परेको छ ।

२५ सदस्सीय कार्यसमितिको अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सुर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटाको उम्मेदवारी परेको छ ।

५ जना उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । जसमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, विरेन्द्र मल्ल र दिपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ ।

५ जना सचिवको लागि ६ जनाको उम्मेदवारी परेको छ । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ ।

७ जना खुल्ला सदस्यहरूको लागि १४ जनाको उम्मेदवारी परेको छ । सदस्यहरूमा टेकनाथ आचार्य, विजय मोहन भट्टराई, भरत पराजुली, कुवेरमणी नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, सकुन्द ओझा, दिपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सिताराम तिमिल्सिनाको उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्ष र उपाध्यक्षसहित सदस्यहरूको लागि यही जेठ ३२ गते निर्वाचन हुनेछ ।

हायात होटलमा हुने इप्पानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप