आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुरक्षा कारबाहीमा दुई जना आतङ्ककारी मारिए

मङ्गलबार, ३० जेठ २०८०, २० : ५६
मङ्गलबार, ३० जेठ २०८०

कुपवाडा । भारत अधिनस्थ जम्मुकश्मीरको पाकिस्तान नियन्त्रित सीमा क्षेत्र कुपवाडा जिल्लामा भारतीय सेना र जम्मूकश्मीर प्रहरीले गरेको संयुक्त कारबाहीमा दुई जना आतङ्ककारी मारिएका छन् । 

कुपवाडा जिल्लाको डोबनार माछाल क्षेत्र (नियन्त्रण रेखा) मा सेना र कुपवाडा प्रहरी सम्मिलितट टोलीले गरेको सुरक्षा कारबाहीमा ती आतङ्ककारी मारिएका कश्मिर प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा अन्य सन्दिग्धको खोजी भइरहेको छ । 

प्रहरीका अनुसार लश्कर–ए–तैवा (एलईटी) का एक जना आतङ्ककारीका सहयोगीलाई पक्राउ गरिएको छ । बान्दीपोरा प्रहरीले राष्ट्रिय राइफल्स (आरआर) र केन्द्रीय रिजर्व प्रहरी बल (सीआरपीएफ) सँग मिलेर गरेको संयुक्त खोज अभियानमा आतङ्ककारीलाई नियन्त्रणमा लिइएको हो । निजबाट दुईवटा चिनियाँ ह्यान्ड ग्रिनेड बरामद गरिएको छ ।-(रासस /एनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप