आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री अस्पतालमा

मङ्गलबार, ३० जेठ २०८०, २१ : ३८
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।  

मुटुमा समस्या आएपछि आज  बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री साँझ अस्पताल पुगेका हुन् । 

मन्त्री बस्नेतले अस्पताल प्रशासनसँग राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले बताए । 

यसैबीच राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप