आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
डोल्पाको पीडा

डोल्पा सोध्छ : खोइ त गाउँ–गाउँमा ‘सिंहदरबार’ ?

बुधबार, ३१ जेठ २०८०, ०७ : ३३
बुधबार, ३१ जेठ २०८०

सुर्खेत । डोल्पाको मुड्केचुला गाउँपालिका जिल्ला सदरमुकामदेखि २० कोश टाढा छ । हालै एक कार्यक्रममा सहभागी हुन प्रदेश राजधानी सुर्खेत आएका गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाही संघीयताका नाममा ‘गाउँ–गाउँमा सिंहदरबार’ भनिए पनि व्यवहारतः कार्यान्वयन नभएको गुनासो पोखे । 

अधिकार सारा ‘सिंहदरबार’ मा राखेर गाउँ–गाउँमा ‘सिंहदरबार’को नारा लगाउनु सार्थक नहुने उनको जिकिर थियो ।  उनले प्रदेश र केन्द्र सरकारबाट कुनै प्रकारको सहयोग, समन्वय नहुने बताए । विकास निर्माण र सहकार्य पालिकासँग भन्दा बढी व्यक्ति (पात्र) अनुसार हुने गरेको अनुभव पनि उनले सुनाए । 

उनका अनुसार व्यक्तिको नेतासँगको सम्बन्धका आधारमा गाउँमा विकास जान्छ । त्यो विकास नभई विकासका नामको बेतिथि हो भन्ने उनलाई लाग्छ । 

अहिले सरकारले जनसंख्यालाई आधार मानेर बजेट दिइरहेको छ । अध्यक्ष शाहीले बजेट भूगोल र आवश्यकताका आधारमा दिनुपर्ने बताउँछन् । अहिले दिइरहेको बजेट र सार्वजनिक खरिद ऐनबाट हिमाली जिल्लाका पालिकाहरु ठगिएको उनले बताए । 

उनले उदाहरण दिँदै भने,‘सुर्खेतबाट खरिद गरेको कुनै सामग्री डोल्पा पु¥याउने बजेटले सुर्खेतमा १ किलोमिटर सडक कालोपत्रे हुन्छ । सुर्खेतको पालिका र डोल्पाको पालिकाको एउटै मापदण्डमा रहेर काम गर्नुपर्दा भौगोलिक रुपमा विकट भएका पालिकाहरु ठगिएका छन् ।’ 

प्रदेश सरकारबाट गाउँमा गएका कतिपय ५—१० लाखका योजनाहरु कार्यकर्ता संरक्षणका लागि मात्र जाने गरेको उनको आरोप छ । उनी संघीयता बलियो बनाउने भए स्थानीय तहलाई अधिकार सम्पन्न गराइनुपर्ने तर्क गर्छन । भन्छन्,‘साझा अधिकारका कुरा छन् । तर, अधिकार जति केन्द्रमा राखेर गाउँमा ‘सिंहदरबार’ भनिएको छ ।’ 

datta shahi - photo ratopati (2)

दक्ष जनशक्ति उत्पादन र त्यसका लागि शैक्षिक गुणस्तर नै पहिलो कुरा हो भन्ने मनन गर्दै आफू आइसकेपछि दुईवटा माध्यामिक विद्यालयलाई प्लस टु सम्म सञ्चालनमा ल्याएको बताए । त्यस्तै, प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर जनतालाई सेवा दिइरहेको जनाए । उनका अनुसार डोल्पाको मुड्केचुलाबाट पहिला जस्तो सामान्य उपचार अनि भिडिओ एक्सरेका लागि चौरजहारी, जाजरकोट, जुम्ला पुग्नु पर्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप