आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री श्रेष्ठ

बुधबार, ३१ जेठ २०८०, १० : ०३
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले  आफ्नै माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालयमा आयोजित डि आर  शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै  उनले माओवादीलाई जनताको पार्टी र शक्तिशाली पार्टी बनाइने बताए । 

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी पुनर्निर्माणको निर्णय गर्ने बताए ।  अब पार्टीमा  कसैलाई काखा र पाखा नगरिने भन्दै श्रेष्ठले साझा पार्टी बनाउने अभियानमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

सरकारले अव भ्रष्टाचारी कसैलाई नछोड्ने भन्दै उनले आफै पार्टीका नेता कार्यकर्ता भए पनि कानुनी कठघरामा उभ्याइने दाबी गरे । 

सरकारलाई असफल बनाउन चौतर्फी षडयन्त्र भएको भन्दै उनले षडयन्त्र चिर्दै सरकारलाई सफल बनाएरै छाड्ने प्रण गरे । 

सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले पार्टी सङ्कटमा परेको बेला डिआर पौडेलले अग्र भागमा रहेर समाधान खोज्ने गरेको स्मरण पनि गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप