आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लगातार सातौं दिन बढ्यो नेप्से, आज १६ अंकले बढ्यो

बुधबार, ३१ जेठ २०८०, १६ : २०
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज १६.४२ अंकको वृद्धि आएको छ । पछिल्लो समय निरन्तर बढिरहेको नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेपछि २०३७ अंकमा पुगेर रोकिएको छ । 

नेप्सेमा यो सातौं दिनसम्म जारी निरन्तर वृद्धि हो । यसक्रममा आज १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९१ वटाको भने घटेको छ । यस्तै, ६ वटाको सेयर मूल्यमा स्थिरता कायम रहेको नेप्सेले जनाएको छ । परिसूचक ०.८१ अंकले बढेको दिन आज ५ अर्ब रुपैयाँ बराबरको १ करोड २५ लाख कित्ता सेयर किनबेच भएको छ । 

आज नेप्सेमा खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने सिटी होटलको सेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ । यस्तै, आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ ।

यसक्रममा आज ७ समूहको सूचक बढेको छ भने ६ समूहको सूचकमा गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप