आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिग मंसिर ९ गतेदेखि

बिहीबार, ३२ जेठ २०८०, १४ : २१
बिहीबार, ३२ जेठ २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिरमा आयोजना हुने भएको छ । प्रतियोगिता मंसिर ९ देखि पुस २१ गतेसम्म सञ्चालन हुने जानकारी आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले दिएको छ ।

प्रतियोगिताको थप विवरण भने पछि सार्वजनिक गरिने (एनएसईएम)ले जनाएको छ । प्रतियोगिताको दोस्रो संस्करणमा अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोग रहने पनि (एनएसईएम)द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप