आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
महानगरको हस्तक्षेप

प्रक्रिया पूरा नगरेको भन्दै काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

बिहीबार, ३२ जेठ २०८०, १५ : ४५
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले रोकेको छ । प्रक्रिया पुरा नगरेको भन्दै महानगर प्रहरीले शैक्षिक मेला रोकेको हो । 

आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन गर्न दिइने मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति लिने क्रममा स्थानीय तहसँग पनि सहमति लिनु भनेको थियो । तर, अनुगमनको क्रममा काठमाडौँ महानगरपालिकासँग सहमति नलिएको उनको भनाई छ । 

त्यस्तै कक्षा १० र १२ को नतिजा सार्वजनिक नभई अग्रिम भर्ना लिन नपाउने कानुनी व्यवस्था छ । तर, शैक्षिक मेलामा विद्यार्थीहरूलाई अग्रिम रसिद दिएर पछि भर्ना खुलेको छुट पाउने भन्दै दिने गरेको पाइएकोले मेलालाई रोक लगाइएको उनको भनाई छ । 

उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूका लागि हिसानले एडुफेयर (शैक्षिक मेला) को आयोजना गरेको थियो । उक्त मेलाको सभामुख देवराज घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उद्घाटन गरेका थिए । 

उक्त मेलामा ७५ वटाभन्दा बढी शैक्षिक संस्थाका स्टलहरु राखिएका थिए। आइतबारसम्म सञ्चालन हुने भनिएको उक्त मेला अब महानगरसँग अनुमति लिएपछि मात्रै सञ्चालन गर्न दिइने महानगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप