आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने पक्का

बिहीबार, ३२ जेठ २०८०, १७ : ५६
बिहीबार, ३२ जेठ २०८०

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुने भएको छ । सन् २०२३ को एसिया कप आयोजनाका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले अगाडि सारेको ‘हाइब्रिड मोडेल’लाई एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले बिहीबार अनुमोदन गरेको छ ।

एसीसीको अनुमोदनसँगै एसिया कप पाकिस्तान र श्रीलंकामा आयोजना हुने पक्का भएको हो । एसिया कप आगामी अगस्त ३१ देखि सेप्टेम्बर १७ तारिखसम्म सञ्चालन हुनेछ । (पीसीबी)ले अगाडि सारेको ‘हाइब्रिड मोडेल’ अनुसार, एसिया कपका खेललाई दुई चरणमा विभाजन गरिएको छ ।

पहिलो चरणमा भारत बाहेकका सहभागी टोलीले आफ्नो पहिलो खेल पाकिस्तानमा खेल्नेछन् । त्यसपछि भारतले अन्य टोलीसँग आफ्नो खेल ‘न्यूट्रल भेन्यू’ श्रीलंकामा खेल्नेछ । प्रतियोगिताको फाइनल खेल पनि श्रीलंकामै खेलाइने छ ।

आगामी एकदिवसीय विश्वकपलाई ध्यानमा राखी ५० ओभरको ढाँचामा खेलाइने एशिया कपमा नेपालसँगै भारत र पाकिस्तान समूह ‘ए’ मा परेका छन् । समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप