आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारी भवनकै नक्सा पास नभएपछि महानगरको एक्सन

बिहीबार, ३२ जेठ २०८०, २१ : ५४
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा निर्माण भइरहेको नयाँ भवनको नक्सा पास नभएको पाइएको छ । निर्माणाधीन सरकारी भवनकै नक्सा पास नभएको पाएपछि काठमाडौँ महानगरपालिकाले उक्त भवनको निर्माण कार्यमा रोक लगाएको हो ।

काठमाडौँ महानगरको वडा नम्बर ९ सिनामंगलमा रहेको भवन प्रचलित कानुनबमोजिम नक्सा पास नभएको देखिएकाले निर्माण कार्य रोक्का गरिएको काठमाडौँ महानगरी प्रहरी बलले जानकारी दिएको छ । सो भवनको निर्माण कार्य नाक्सा पास भएपछि पनि जारी राख्न दिइने प्रहरी बलले जनाएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले यस विषयमा सरकारी निकाय नियम कानुनमा झनै सचेत हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप