आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्षमान पुन आज स्वदेश फर्किँदै

शुक्रबार, ०१ असार २०८०, ११ : ११
शुक्रबार, ०१ असार २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज स्वदेश फर्किदै छन् । विहान साढे ११ बजे चीनबाट उपचार गरेर फर्किन थालेका हुन् । 

वंशाणुगत जन्डिस बल्भिएपछि उपचार गर्न गत फागुन १ गते चीन गएका थिए ।  उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गिरएको हो । उनको शरीरमा जन्डिसको मात्रा (बिलरुबिन) ४० बाट घटेर १.५ बिन्दुमा झरेको छ। सामान्य मानिसमा बिलरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने चिकित्सकहरू बताउँछन्। यसअघि नेता पुनको शरीरमा कम्तीमा बिलरुबिनको मात्रा ११ देखि १२ सम्म हुँदा समेत सामान्य मानिने गरिएको थियो । लामो उपचार र स्वास्थ्यमा भएको चामत्कारिक सुधारपछि नेता पुन नेपाल आउन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप