आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सहकारी बैंकद्वारा १५ हजार सदस्यलाई संरक्षित पुँजी कोष फिर्ता

शुक्रबार, ०१ असार २०८०, १४ : २६
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट सदस्यहरुलाई रकम बाँडफाँट गरेको छ । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुसार बिहीबार कोष बाँडफाँड गरेको बैंकले कूल १८ करोड ५५ लाख १२ हजार ६१५ रुपैयाँ फिर्ता गरेको हो । 

यस्तो कोष फिर्ता सदस्य सहकारी संघ संस्थाले जम्मा गरेको बचत रकमका लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारका आधारमा रकमको बाँडफाँड गरिएको बैंकले जनाएको छ । 

सो मध्ये एउटै संस्थाले ४२ लाख ७ हजार बढी पुँजी फिर्ता पाएको बैंकले जनाएको छ । यस्तो रकम सम्बन्धित सदस्य सहकारी संघ/संस्थाको खातामा जम्मा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बद्रीकुमार गुरागार्इंले जानकारी दिए ।

सिईओ गुरागाईँका अनुसार बचत र कर्जा कारोबार गर्ने १५ हजार ४७४सहकारी संघ/संस्थाहरु को संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ ४२ लाख ७ हजार७२७रुपैयाँ तथा कर्जातर्फ ११ लाख ४८हजार ४ सय ९८ रुपैयाँसम्म प्राप्त गरेका छन्। 

‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले संरक्षित पुँजी फिर्ता कोषबाट ५० हजार भन्दा बढी रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु ७३३रहेका छन् । हाल बैंकमा १६ हजारभन्दा बढी सदस्य सहकारी संघ संस्थाहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप