आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको चेतावनी–सत्तामा टिकिरहन्छु भन्ने नसोचे हुन्छ

शुक्रबार, ०१ असार २०८०, १६ : ०३
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । नेपाली काँग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भूमिका रहेको भन्दै सो भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिएका छन् । 

शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद घिमिरेले प्रधानमनत्री दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुले दिएको मतको ख्याल गर्न आग्रह गरेका हुन् ।  उनले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरुपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिएपनि हात लागि शुन्य भएको बताए । उनले प्रधानमन्त्रीमा सधैँ टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिए ।  मुलुकको बजेटमा सांसदहरुको पनि अधिकार रहेको उनको भनाइ छ । 

उनले भने, ‘तपाईहरु पनि हामीजस्ता मान्छेहरु चुनाव जितेर आएको हुनाले मन्त्री हुनुभएको हो । प्रधानन्त्री पनि हुनुभएको होला । तपाईहरु एक्लै जितेको हुनाले आज यो स्थानमा पक्की पनि पुग्नुभएको होइन । त्यसैले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै जितेर आउने सोच पनि त्याग्न म अनुरोध गर्छु ।’

उनले आफ्नै पार्टीका नेताहरुमाथि पनि विभिन्न प्रश्नहरु तेस्र्याए। उनले यसैको लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनमा छिरेको हो भनि प्रश्न गरे । उनले काँग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्ता सांसदहरुको पनि भुमिका भएको भन्दै यसरी पार्टी जोगाउन नसकिने बताए ।  उनले बजेट विनियोजनमा असमानता भएको भन्दै यस विषयमा पार्टीका नेताहरु बोल्ने कि नबोल्ने भन्ने प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप