मृत्युको मीठो सुवास हौ तिमी
जीवन तिमी
मृत्यु तिमी
मुटु तिमी
धड्कन पनि तिमी
मेरो हर स्वासको
द्रष्टा तिमी
दृष्य पनि तिमी
सधैँ गुन्जिरहने
सुमधुर नाद हौ तिमी ।
दुःख तिमी
सुख तिमी
रागभित्र
वैराग्य तिमी
मेरो जीवनको
संघर्ष तिमी
तिमीबाट नै जीवन यो
मधुमासको फूलबारी हौ तिमी ।
पूर्णिमा तिमी
औंसी तिमी
हाँसोभित्र
आँसु तिमी
शुन्य आकाशमा चम्कने
तारा पनि तिमी
दूर गगनमा झुल्कने
नुर तिमी ।
प्रेम तिमी
बिछोड तिमी
रात तिमी
दिन पनि तिमी
भक्त तिमी
भक्ति पनि तिमी
आँसु र हाँसोको
कथा तिमी
प्रभात भई छर्ने
लालिमा तिमी
रातको निस्तब्ध
शान्ति हौ तिमी ।
गुरु तिमी
सत्गुरु पनि तिमी
बिर्सिनै नसकिने
याद पनि तिमी
जताततै तिमी नै तिमी
तिमी बिना यो जीवन अधुरो
मृत्युको मीठो सुवास हौ तिमी ।
भक्तपुर