आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

वातावरण पनि रोएको छ

शनिबार, ०२ असार २०८०, १० : ४९
शनिबार, ०२ असार २०८०

उफ,
स्वास रोकिएको छ
वाफ फेरिएको छ
रापिलो यो मौसमको
चिनारी हराएको छ ।
 
बारीका पाटाहरुमा
खेतीहरु ओइलाएका छन्
आमाका निधारका डामहरुबाट
पसिना तर तर झरेका छन् ।

जमिन तातिएर भाउजुको 
चप्पल नै पग्लिएको छ
कुर्कुच्चा पट्पट्टी फुटी
कुलाहरुले रगत धोएको छ ।

घामको रापिलो खप्दै पनि
खेतका पाटामा दाजुहरु
भोलिको सामल जोर्दैछन्
हाम्रै लागि रोप्दै छन् ।

ज्यानको कपडा रुझेको छ
शितको थोपा झैँ खसेको छ
प्रतिकुल यो मौसमले आज
वातावरण पनि रोएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शालिकराम घले
शालिकराम घले
लेखकबाट थप