नक्कली भुटानी शरणार्थी प्रकरण
ठुला माछालाई उन्मुक्ति नदिन माग गर्दै बृहत् नागरिक आन्दोलनद्वारा नाटक प्रदर्शन
शनिबार, ०२ असार २०८०, १७ : १३
ललितपुर । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला माछालाई छुटाउने षडयन्त्र भएको भन्दै बृहत् नागरिक आन्दोलनले खबरदारी गर्दै प्रदर्शन गरेको छ । शनिबार पाटन दरबार स्क्वायरमा कविता वाचनका साथै शिल्पी थिएटरका कलाकारले सडक नाटकसमेत प्रदर्शन गरेका हुन् ।
अभियन्ताले भ्रष्टाचार मुद्दामा हाईप्रोफाइलले उन्मुक्ति पाउने आशङ्का चिर्नका लागि प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्ने र थप प्रमाणहरू जुटाउन पर्ने माग गरे । उनीहरूले उजुरीकर्ताको गोपनीयता र सुरक्षाको विशेष प्रबन्ध गर्न र बयानमा नाम आएका प्रत्येक आरोपितमाथि प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन् ।