आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यो देशका सबै भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ : रवि लामिछाने

शनिबार, ०२ असार २०८०, २० : ०२
शनिबार, ०२ असार २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरुलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टी पंक्ति अब देशमा गन्न नसकिने रुपमा अघि बढिसकेको बताए ।  लामिछानेले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनी चुनी कानूनी दायरामा ल्याउनु रहेको बताए ।

‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ । नयाँ छौँ थाहा छ, सिक्ने कुरा धेरै छन् । विचार छैन भन्छन्, विचारका बारेमा कुरा पछि गरौँला । यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ’ उनले भने, ‘यो देशलाई श्रोत र साधनको सम्पन्न संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनी चुनी कानूनी दायरामा ल्याउने विचार छ ।’

लामिछानेले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पारे । अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको जिकिर उनले गरे । साना कुराहरुमा पार्टीका अन्य नेताहरु बोल्ने समेत लामिछानेले बताए । 

सभापति लामिछानेले जनताले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरु त्यो लक्ष्य प्राप्तिका लागि लडिरहने बताए । उनले आफ्नो पार्टीमा संलग्न भ्रष्टाचारीहरुलाई पार्टीबाट निष्कासित गरी उनीहरुले जितेका निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गर्न अरु दलका नेतालाई चुनौती समेत दिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप