आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु

आइतबार, ०३ असार २०८०, ११ : ४७
आइतबार, ०३ असार २०८०

काठमाडौँ । डिप्रोक्स र आदर्श लघुवित्तको एकीकृत कारोबार सुरु भएको छ । कार्यक्रममा मर्जर तथा एक्विजिसन समितिका संयोजक वासुप्रसाद उपाध्याय र सुशन कर्माचार्यले प्राप्तिसम्बन्धी कार्यको अनुभव सुनाएका थिए ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तव्यसहित संस्थाको एकीकृत कारोबारपछिको अवस्थाको बारेमा जानकारी गराएका थिए।

सुरुवातमा ८१ लाख २० हजार चुक्ता पुँजीबाट सुरु भएको संस्थाको एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख पुगेको छ ।

अब संस्थाको कार्यक्षेत्र ७३ जिल्ला र शाखा सञ्जाल सङ्ख्या १५६ पुगेको छ । २ लाख ५९ हजार ९५५ सदस्यहरूको ८ अर्ब ८२ करोड ८८ लाख बचत समेत लगानीमा रहिरहेको र साँवा १९ अर्ब ५६ करोड ५१ लाख पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप