आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

कुशल र आसिफबीच २५ ओभरमा एक सय १४ रनको साझेदारी

आइतबार, ०३ असार २०८०, १४ : २३
आइतबार, ०३ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले कुनै पनि विकेट नगुमाई एक सय १४ रन पूरा गरेको छ । नेपालका दुई ओपनर ब्याट्सम्यान ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले सतकीय साझेदारी गरेका छन् । 

२५ ओभरको खेल सकिँदासम्म ओपनर कुशलले ६६ रन बनाएका छन् । उनले ७५ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका छन् । अर्का ओपनर आसिफले ४१ रन बनाएका छन् । 

उनले ७५ बलको सामना गरी तीन चौका प्रहार गरेका छन् । आयोजक जिम्बाबेले टस जिती नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप