आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपालको दुई सय रन पूरा

आइतबार, ०३ असार २०८०, १५ : १७
आइतबार, ०३ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आइतबार नेपालले दुई सय रन पूरा गरेको छ । नेपालले ३८.२ ओभरमा केवल दुई विकेट गुमाएर दुई सय रन पूरा गरेको हो । 

नेपालका लागि कुशल मल्ल १६ र कप्तान रोहित पौडेल ११ रन बनाउँदै क्रिजमा छन् । यसअघि नेपाललाई ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखले गतिलो सुरुआत दिलाएका थिए । कुशल ९९ रनमा आउट भएका थिए । कुशलले ९५ बलको सामना गरी दुई छक्का र १३ चौका हिर्काएका थिए ।

अर्का ओपनर आसिफले टोलीका लागि ६६ रनको योगदान गरेका थिए । दोस्रो विकेटका रुपमा पेभेलियन फर्किनुअघि उनले एक सय बलको सामना गरी सात चौका हिर्काएका थिए । घरेलु टोली जिम्बाबेले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप