आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेपालले जिम्बाबेलाई दियो दुई सय ९१ रनको लक्ष्य

आइतबार, ०३ असार २०८०, १६ : १७
आइतबार, ०३ असार २०८०

काठमाडौं । ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट साझेदारी गरेपछि नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार घरेलु टोली जिम्बाबेलाई दुई सय ९१ रनको विजय लक्ष्य दिएको छ ।  टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो । नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय भुर्तेल र आसिफ शेखले एक सय ७१ रनको साझेदारी गरेका थिए ।

भुर्तेलले ९९ रनको योगदान गरे । केवल एक रनका कारण सतक पूरा गर्नबाट चुकेका उनले ९५ बलको सामना गरी दुई छक्का र १३ वटा चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेखले पनि ६६ रन बनाए । उनले एक सय बलको सामना गरी सात चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले पनि टोलीको खातामा ४१ रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४२ बलको सामना गरी तीन छक्का र दुई चौका हिर्काएका थिए । कप्तान रोहित पौडेलले पनि ३१ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका पौडेलले २९ बलमा पाँच चौका प्रहार गरे ।

आरिफ शेखले १० र गुल्सन झाले १३ रन जोडे । भीम सार्की भने शून्य रनमै पेभेलियन फर्किए । दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए । करण केसीले अविजित दुई रन जोडे । जिम्बाबेका बलर रिचर्ड नागाराभाले चार विकेट लिए । वेलिङ्टन मासाकाद्जाले पनि दुई विकेट हात पारे । टेन्डाई चाटाराले एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा २२ रन पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप