अवैध सामानसहित भारतीय मोटरसाइकल नियन्त्रणमा
आइतबार, ०३ असार २०८०, १७ : ४९
कञ्चनपुर । अवैध सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ३ जमुनाघारीबाट १ लाख ४१ हजार ९ सय रुपैयाँ बराबरको अवैध सामानसहित २ वटा भारतीय मोटरसाइकल आइतबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
युए०६ए ३६०२ र युके०६एआर २९७५ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको ६० केजी भटमास ३ बोरा युरिया मल र १ बोरा गुड नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएको सामान र मोटरसाइकल कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको बताइएको छ ।