बाढी पहिरोबाट बेपता भएकाको खोजी गर्न राप्रपाको सरकारसँग माग
आइतबार, ०३ असार २०८०, २० : २४
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वी नेपालमा बाढी पहिरोबाट बेपता भएकाको खोजीका लागि पहल गर्न र प्रभावित परिवारको उद्धार गरी राहत प्रदान गर्न सरकारसँग माग गरेको छ ।
आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले पार्टीका कार्यकर्ताहरूलाई विपदमा उद्धार कार्यमा सहयोग गर्न अपिल गरेको छ ।
यस्तै बैठकले विद्यालयका कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । राप्रपाले विद्यालय कर्मचारीको आन्दोलनप्रति दमनको नीति नअपनाउन र विद्यालय सुचारु राख्न सरकारसँग माग गरेको छ ।