एनआरएनए अमेरिकाको युवा उपाध्यक्षमा खनालद्वारा उम्मेदवारी
सोमबार, ०४ असार २०८०, ११ : ४०
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी कार्यकालका लागि वर्तमान सचिव अनुप खनालले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । "युवाहरूको बृहत् सहभागिता, संस्थाको दिगो सफलता " भन्ने नारा सहित उनले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
गैरआवासीय नेपाली संघ अमेरिकालाई थप उचाइमा पुर्याउन आफूले उम्मेदवारी दिएको उनले बताए ।
गैर आवासीय नेपाली संघ अमेरिकामा धेरै सुधारका योजना सहित २०२३–२५ कार्यकालको युवा उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।