आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विकास ऋणपत्र र ट्रेजरीमार्फत सरकारले दुई दिनमा १७ अर्ब आन्तरिक ऋण उठाउने

सोमबार, ०४ असार २०८०, ११ : ४३
सोमबार, ०४ असार २०८०

काठमाडौँ । सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्र २०८६ ‘ङ’ मार्फत सरकारले ६ वर्ष लामो अवधिका लागि उक्त ऋण उठाउने भएको हो । 

केन्द्रीय बैंकले मंगलबार सार्वजनिक बोलकबोलमार्फत विकास ऋणपत्र जारी गर्ने जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धात्मक वा अप्रतिस्पर्धात्मक प्रणालीबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । 

२०८० असार ६ गते जारी हुने विकास ऋणपत्र आगामी २०८६ असार ६ गते परिपक्व हुने केन्द्रीय बैंकले जनाएको छ । लगानीकर्ताहरूले ऋणपत्रको ब्याजदर ६÷६ महिना अर्थात् अर्धवार्षिक रूपमा प्राप्त गर्न सक्नेछन् । यो लामो समयका लागि सरकारले उठाउने आन्तरिक ऋण हो । 

दुई दिनमा १७ अर्ब ऋण उठाइँदै

उसो त सरकारले यसै हप्ता सर्ट ट्रम (छोटो अवधि) का लागि ७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण समेत उठाउँदै छ । असार ५ जारी गर्नेगरी केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने दुई किसिमको ट्रेजरीमार्फत ७ अर्ब रुपैयाँ उठाउँदै छ । 

४ किसिममा कूल ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको केन्द्रीय बैंकले २३ अर्ब ८६ करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी रहेको ७ अर्ब रुपैयाँको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । 

भोलि अर्थात् आसार ५ गते बिक्री हुने ट्रेजरीको आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप