आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांसद बरालको प्रश्न : सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ?

सोमबार, ०४ असार २०८०, ११ : ४२
सोमबार, ०४ असार २०८०

 

काठमाडौँ । एमाले सांसद सुनिता बरालले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता लिएर सरकारले के गर्न खोजेको भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले  सरकारसँग जनता त्रसित भएर बाच्नु परिरहेको बताइन् । 

‘२०७७ असोज २० त्रिवि परिसरमा उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी नेविसंघका विद्यार्थीहरूले कुटेर फालेका थिए’, उनले भनिन्, ‘केही व्यक्तिले उठाएर उनलाई बचाए । ’ चलाउनेले आफूलाई कुटपिट गर्ने विरुद्ध मुद्दा हाले पनि सरकारले उक्त मुद्दा फिर्ता लिएको भन्दै उनले यो देशमा सुशासन माग्न कहाँ जाने भनेर प्रश्न गरिन् । 

‘मुद्दा चलिरहेको छ तर सरकार पटक पटक मुद्दा फिर्ता लिने निर्णय गर्छ । अव यो देशमा सुशासन माग्न कहाँ जाने हो ? अब जनता कहाँबाट सुरक्षित हुने हो ? मरणासन्न हुने गरी फालिएको व्यक्तिबाट गरेको उजुरी सरकारले फिर्ता लिन्छ भने के सरकारले सबै न्यायालय बन्द गर्न खोजेको हो ?’, सांसद बरालले सभामुखमार्फत सरकारको जवाफ मागिन् ।  उनले जनतालाई परेका समस्यामा राज्य छैन भन्ने सन्देश दिन खोजेको पनि बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप