आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थोरै प्रकाशमा पनि सप्रन्छन् यी बोटबिरुवा, घरभित्र लगाउँदा हावा शुद्ध हुने

सोमबार, ०४ असार २०८०, १२ : ४९
सोमबार, ०४ असार २०८०

घर बाहिर थुप्रै बिरुवा राम्रोसँग हुर्कन्छन् तर घर भित्र हरियाली कायम राख्न मुस्किल हुन्छ । किनभने कुनै पनि प्लान्टलाई हरा–भरा राख्नका लागि सूर्यको प्रकाश आवश्यक हुन्छ । यस्तोमा धेरै मानिसको घरभित्र प्लान्ट्स लगाउने इच्छा अधुरो रहन्छ । तर यस्ता केही प्लान्ट्स पनि छन् जुन घामको किरण बिना पनि राम्रोसँग हुर्कन्छन् । यिनीहरूलाई लो लाइट प्लान्ट्सको नामले पनि चिनिन्छ । यी बोटबिरुवालाई तपाईं आफ्नो घर भित्रका कम प्रकाश भएको स्थानमा पनि लगाउन सक्नुहुन्छ । फोर्ब्स डटकमले यहाँ यस्ता केही प्लान्ट्सबारे जानकारी दिएको छ जसलाई कम प्रकाश भएको स्थानमा लगाउन सकिन्छ । 

chinese evergreen plantचाइनिज एभरग्रीन प्लान्ट

यो प्लान्टलाई एग्लोनेमाको नामले पनि चिनिन्छ । यसलाई सूर्यको किरण खासै चाहिँदैन । यद्यपि, यसमा क्लोरिनयुक्त पानी भने हाल्नुहुँदैन नभए यो सुक्न सक्छ । यो पानीलाई अलि बढी तापक्रम चाहिन्छ । यसलाई घरभित्र पनि लगाउन सकिन्छ ।

cast iron plantकास्ट आइरन प्लान्ट

यो चमत्कारिक प्लान्टलाई यसको आफ्नै गुणका कारण यस्तो नाम दिइएको हो । यदि तपाईंलाई बोटबिरुवाको राम्रो अनुभव छ भने तपाईंले यो प्लान्ट लगाउन सक्नुहुन्छ । यसलाई खासै धेरै हेरविचार पनि चाहिँदैन । यो प्रकाश बिना पनि राम्रोसँग हुर्कन सक्छ ।

syngonium plantसिंगोनियम प्लान्ट

यो प्लान्टलाई एरोहेड पनि भनिन्छ । यो बिरुवालाई तपाईं कटिङ गरेर राम्रोसँग लगाउन सक्नुहुन्छ । यसले भरपुर मात्रामा अक्सिजन दिन्छ र हावालाई पनि शुद्ध बनाउँछ । तपाईं यसलाई माटो वा पानी दुबैमा हुर्काउन सक्नुहुन्छ । यसको सानो बोट तपाईं बोतल वा अरू कुनै गमलामा लगाउन सक्नुहुन्छ ।

snake plantस्नेक प्लान्ट

हावालाई शुद्ध गर्नका लागि स्नेक प्लान्टलाई उत्कृष्ट प्लान्ट मानिन्छ । यसलाई तपाईं माटो वा पानी दुबैमा लगाउन सक्नुहुन्छ । यद्यपि, यसलाई सधैँ पानी दिइरहनु पर्दैन । यसलाई तपाईंले आफूले चाहेको स्थान, आफ्नो बेडरुम र लिभिङ रुममा राख्न सक्नुहुन्छ ।

phylodendroneफिलोडेन्ड्रोन प्लान्ट

यो प्लान्ट हावालाई शुद्ध राख्न निकै उपयोगी मानिन्छ । यो फिलोडेन्ड्रोन प्लान्टका थुप्रै प्रकार हुन्छन् । जब यो प्लान्ट बढ्न थाल्छ तब यसलाई सहाराको आवश्यकता पर्छ, त्यसैले तपाईंले गमलामा कुनै लट्ठी राख्न सक्नुहुन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप