आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुँदैन : मन्त्री गुरुङ

सोमबार, ०४ असार २०८०, १५ : ५८
सोमबार, ०४ असार २०८०

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुन नसक्ने बताएका छन् ।  

सोमबारबाट काठमाडौँमा सुरु भएको टे«ड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा श्रमजीवी र परजीवी गरी दुई प्रकारका जीवी रहेको उल्लेख गर्दै परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूले सम्मान पाउन नसक्ने बताए ।  

मन्त्री गुरुङले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम टे«ड युनियन काँग्रेसले गर्नुपर्ने बताए । उनले ट्रेड युनियन कांग्रेसले मागेर नभई खोसेर आफ्नो अधिकार लिन सक्नुपर्ने बताए ।  

मन्त्री गुरुङले मुलुक भ्रष्ट प्रवृत्तिका कारणले बन्न नसकेको भन्दै भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप