आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसले श्रमजीवीको पक्षमा काम गर्छ : महामन्त्री शर्मा

सोमबार, ०४ असार २०८०, १७ : ५०
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले श्रमिकका पक्षमा काम गर्न सजक रहेको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय अधिवेशन उद्घाटनमा उनले भने, ‘हामीलाई केही पनि भएको छैन भन्ने  छुट छैन । हाम्रो पालामा मुलुक बन्छ । नेपाल सतिले सरापेको देश होइन । गौतम बुद्धको देश हो ।’ 

कांग्रेसले श्रमजीवीको पक्षमा विगतदेखि काम गर्दै आएको महामन्त्री शर्माले बताए । २०१६ सालमा बिपी कोइरालाले श्रमजीवीको पक्षमा कानुन बनाएको बताए । श्रमजीवीको पक्षमा भएका जति काम कांग्रेसको पालामा भएको उनको भनाइ छ । ट्रेड युनियनले महाधिवेशनबाट पारित गर्ने नीतिको कांग्रेसले स्वामित्व लिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप