आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अनसन

उपप्राध्यापक प्रेम चलाउनेले थाले त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसन

सोमबार, ०४ असार २०८०, १८ : १२
सोमबार, ०४ असार २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउन आमरण अनसनमा बसेका छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै चलाउन  त्रिवि भिसी कार्यालय अगाडि आमरण अनसनमा बसेका हुन् । 

पत्रकार सम्मेलनमा उनले देशमा न्याय मरेको बताए  । आफूले न्याय नपाएको भन्दै उनले न्यायका लागि अनसनमा बस्नुपरेको बताए । 

आफूमाथि भएको कुटपिट घटनाको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा उनी सोमबार जिल्ला अदालत काठमाडौँ पुगेका थिए । तर प्रहरीले उनलाई नियन्त्रणमा लिएर रिहा गरेको थियो । 

जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । त्यसको विरुद्धमा उनी आमरण अनसन बसेका हुन् । 

२० असोज २०७७ मा नेविसंघका त्रिवि जिल्ला अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायतको समूहले उनीमाथि आक्रमण गरेको थियो । 

pp1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप