हावाहुरीले रुख ढल्दा सुर्खेत–दैलेख सडक अवरुद्ध
सोमबार, ०४ असार २०८०, १८ : २४
सुर्खेत । सोमबार अपराह्न आएको हावाहुरीले रुख ढल्दा सुर्खेत–दैलेख सडक अवरुद्ध भएको छ। वीरेन्द्रनगर भित्रिने उत्तरतर्फको नाका कपासे ब्यारेक नजिकै सडकमा रूख ढल्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेखका लागि छुट्ने सवारी साधनहरू रोकिएका छन्। नेपाली सेनासहितको टोलीले रूख हटाउने प्रयास गरेपनि वर्षातका कारण कठिनाइ भएको छ ।
लामो समयपछि सोमबार सुर्खेतमा हावाहुरीसहित पानी परिरहेको छ। यस्तै आज दिनभर भने कर्णालीमा विद्युत् अवरुद्ध भएको छ।